रिजालको निधनमा शोक मनाउन शुक्रबार काठमाडौंमा विदा दिइएको छ

२२ भदौ, काठमाडौँ : मुकुद रिजालको निधनको शोकमा काठमाडौं महानगरपालिकाले शुक्रबार महानगरपालिका र यसका कार्यालयमा बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुद रिजालको उपचारका क्रममा बिहीबार निधन भएको छ । शिक्षा अधिकारी सीताराम कोइरालाले बिदामा शैक्षिक संस्था बन्द नगर्ने जानकारी दिए । रिजाललाई उच्च ज्वरो र निमोनियाका कारण उपचारका लागि अस्पताल लगिएको थियो ।

उनलाई २ दिन आईसीयूमा र २ दिन भेन्टिलेटरमा राखिएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभा हलमा र त्यसपछि पशुपतिमा अन्तिम संस्कारका लागि लगिएको थियो । महानगरीय कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका मुकुद रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *