रास्वपाले मोबाइल क्लिनिक भन्दै चलाएको भ्यान पुरानो मेडिकल कलेजको रहेको

२१ साउन , काठमाडौँ : रास्वपाले मोबाइल क्लिनिक भन्दै चलाएको भ्यान लामिछानेलाई पुरानो मेडिकल कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले दिएको हो । उनी केही दिन अगाडि रास्वपामा प्रवेश गरेर सो पार्टीको बागमती प्रदेशको स्वास्थ्य संयोजक बनेका थिए ।

विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्स साउन १४ गते यातायात कार्यालय भरतपुरमा जरिवाना तिरेर पुनः दर्ताको प्रकृयामा गएको छ ।एम्बुलेन्सको पुनः दर्ता तथा जरिवाना वापत ३४ हजार २५० रुपैयाँ तिरेको सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए । भारतीय दूतावासले २०७१ सालमा दिएको ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित ना २ च ५६१९ नम्बरको मोबाइल भ्यान अस्पतालको एम्बुलेन्स हो ।

स्रोतको अनुसार मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको र कलेजबाट नै जनशक्ति पठाएर अहिले टोल–टोलमा उपचार गर्न भनिएको कलेजका एक चिकित्सकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *