रास्वपाको नेतृत्वमा सरकार बन्छ: रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनपछि आफूहरुको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

काठमाडौंको बुढानीलकण्ठमा पार्टीको नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले ०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने कसैको पनि तागत नपुग्ने बताए ।

साथै, उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई मिसन ०८४ मा लाग्न निर्देशन दिँदै मिसन ०८४ का उद्देश्य असल मान्छेलाई पार्टीमा प्रवेश गराउनु रहेको जानकारी दिए ।

उनले आफूहरुलाई रास्वपा पनि उस्तै राजनीतिक दलजस्तै हो कि भन्ने भाष्य चार पाँच वर्षमा बनाईन्छ कि भन्ने डर रहेको भन्दै चिन्ता समेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *