राष्ट्रीय बिदा कटौती पुनः कायम गराउन ख्रीष्टियन महासङ्घको माग

पौष १ काठमाडौं, राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले सरकारले दिँदै आएको सार्वजनिक बिदालाई कटौटी गरेको भन्दै उक्त सार्वजनिक बिदा पुनः कायम गराउन सरकारसमक्ष तीन बुँदे माग गरेको छ ।

महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा सो पर्वका अवसरमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरी इसाई धर्म मान्ने सरकारी कर्मचारीलाई मात्र सीमित गरिएकामा विरोध गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको हो ।

सरकारले महासङ्घ संग विगतमा तीन बुँदे र ६ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएको छ । कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाईले राज्यले सबै धर्मवालम्बीलाई समान व्यवहार तथा सम्मान गर्नुपर्छ विभेद्कारी नीति अवलम्बन गर्नु नहुने बताए ।

ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजले २०६४ देखि ख्रिष्टियन समुदायले उपभोग गर्दै आएको सार्वजनिक बिदा पूर्ववर्ती ओलीको सरकारले बिनाकारण हटाएकोमा आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *