राष्ट्रिय योजना आयोगको आवश्यकता छैन्: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज गर्नुपर्ने सुझाएका छन् ।

‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढाउने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *