राष्ट्रियसभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद् भवन, नयाँ वानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *