राष्ट्रियसभा बैठक आज पनि बस्दै

काठमाडौँ । राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *