राष्ट्रियसभा बैठकः सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

२८ भदौ, काठमाडौँ : राष्ट्रियसभाको बैठकले संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार दिउँसो २ः३० बजे सुरु भएको बैठकमा शोक प्रस्ताव पारित भएपछि राष्ट्रियसभाका सबै सदस्य तथा अध्यक्ष गणेश तिमिल्सिनाले उठेर १ मिनेट मौन धारण गरेका थिए । करिब ५ मिनेटसम्म चलेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको शुरुवातमा नेम्वाङको संक्षिप्त जीवनयात्रा प्रस्तुत गरेका थिए । त्यसपछि उनले शोक प्रस्ताव प्रस्तुत गरे, जसलाई सांसदहरुले हात उठाएर समर्थन गरेका थिए ।

नेता नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको हो । यस्तै राष्ट्रियसभाको बैठक भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *