राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

२२ भदौ, काठमाडौँ : राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ १० गते बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि सारिएको छ । अर्को बैठकको मिति र समय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि तय गर्ने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले बैठक स्थगित गरेको जानकारी दिए । नयाँ मिति र समय अर्को सूचना मार्फत निर्धारण र घोषणा गरिनेछ। राष्ट्रियसभामा हाल तीनवटा विधेयक विचाराधीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *