राष्ट्रपति रामचन्द्र पौडेलद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफी सम्बन्धित प्रस्ताव फिर्ता पठाएका छन्।

राष्ट्रपति कार्यालयले चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *