राष्ट्रपति पौडेल आज दिउँसो कृष्ण मन्दिर जाँदै

२० भदौ काठमाडौँ : श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गर्ने भएका छन् ।

राष्ट्रपति सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज दिउँसो ३ बजे कृष्ण मन्दिर पुग्ने कार्यक्रम छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा राष्ट्रप्रमुखले पूजाआजा गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *