राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको जानकारी दिए । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ।

गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्‍याइएको थियो।त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा आज दिउँसो मुटुको शल्यक्रिया भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *