राष्ट्रपतिले तीन देशका लागि राजदूत नियुक्त गरेका छन्

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त भएका हुन् । जसअनुसार फ्रान्सका लागि सुधीर भण्डारी, युएईको राजदूतमा तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लाल राजदूत नियुक्त भएका छन् । संसदीय सुनुवाइका क्रममा उनीहरुलाई मन्त्रिपरिषद्ले राजदूतका रुपमा अनुमोदन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *