काठमाडौँ । लियोनेल मेसीसँगै सर्जियो रामोसले पनि पिएसजी छोड्ने भएका छन् ।
रामोसको पिएसजीसँग सम्झौता यहि जुनको अन्त्यसँगै सकिन लागेको छ । पिएसजीले उनको सम्झौता नवीकरण नगर्ने स्पष्ट गरेपछि अब रामोसको पेरिस बसाई पनि टुंगिने भएको हो ।
३७ बर्षिय रामोसले दुई सिजनमा पिएसजीका लागि ५७ खेल खेलेका छन् । उनले आफ्नो सामाजिक संजालमा पिएसजी र क्लबका फ्यानलाई बिदाइ सन्देस लेख्दै बिदा भएका छन् । उनले दुई विशेष बर्ष पिएसजीमा बिताउने अवसर पाएकोमा क्लबलाई कृतज्ञता व्यक्त गरेका छन् ।
रामोसले पिएसजी छोड्ने भएपछि कैयौं साउदी क्लबले उनलाई भित्र्याउन चासो देखाएको बताइएको छ ।