राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

११ असोज, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् ।

प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गर्न लागेको विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुधबार राति दोहा प्रस्थान गरेका हुन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कतारमा रहँदा राष्ट्रपति लिङ्देनले त्यहाँका विभिन्न नेपाली संघसंस्था र नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कामदारका समस्याबारे जानकारी लिने, दूतावासका अधिकारीसँग विभिन्न विषयमा छलफल गर्ने र प्यानस कतारले आयोजना गर्ने विशेष कार्यक्रममा पनि सहभागी हुने पनि श्रेष्ठले जानकारी दिए । अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा राप्रपाका केन्द्रीय सदस्य तथा केन्द्रीय आप्रवासन विभाग प्रमुख आनन्द अधिकारी पनि छन् । कतार जानुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अध्यक्ष लिङ्देन असोज ३० गते स्वदेश फर्कने राप्रपाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *