राधा राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

पौष १ काठमाडौ, गायिका राधा राई, समयको केहि अन्तराल पछाडि नयाँ गीत लिएर बजारमा आएकी छीन् ।

बीबीसी र इमेज अवार्ड जीती सकेकी गायिका राधा राई केहि समय सांगीतिक यात्रा विश्राम गरे पश्चात पुनः सांगीतिक यात्रामा फर्केकी हुन् ।

मारिदिए मायाले एकतर्फी माया, जोड़ी ढुकुर छुट्यो हजूर बिजोर होला माया बोलको गीत युट्युबमा सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन ।

भुपाल राईको शब्द रचना र संगीतकार डक्टर किराँतको संगीत रहेको उक्त गीतबाट गायिका राधा राई निक्कै आशाबादी पनि बनेकी छीन् । यो गीतको म्युजिक भिडियोलाई डोलेन्द्र कटुवालले भिडियो खिचेका छन् ।
मारिदिए मायाले एकतर्फी माया गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *