राजीनामा दिएका वडाध्यक्ष एक महिनापछि पुनः काममा फर्किए

१८ साउन, काठमाडौँ : गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई बजेटको बिषयमा असन्तुष्टि जनाउँदै घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाहले राजीनामा दिएका थिए तर मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत नगरी पटक पटक काममा फर्कन आग्रह गर्दै आएका थिए । र उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू एक महिनापछि पुनः काममा फर्किएकोबारे जानकारी गराएका छन् ।

आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उनले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाएका थिए ।
एमालेबाट निर्वाचित शाहले आएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै राजीनामा पत्रमा उनले असार १२ गतेको वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख उनले नगरसभाका क्रममा राजीनामा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *