रहेमनन् महाभारतमा शकुनीको भूमिका निर्वाह गर्ने गुफी पेन्टल

काठमाडौं । महाभारतमा शकुनी मामाको भूमिका निभाएका गुफी पेन्टलको निधन भएको छ । उनका भतिजा हितेन पेन्टलले बीबीसीसँग मृत्युको पुष्टि गरेका छन् ।

उनी केही दिनदेखि मुटु र मृगौलाको रोगबाट पीडित थिए । जसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।

गुफी पेन्टलले सन् १९७५ मा रफू चक्करबाट बलिउडमा डेब्यू गरेका थिए।

सन् १९८० मा उनले धेरै फिल्म र टिभी सिरियलमा काम गरे तर उनलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट मिलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *