रसुवागढी नाकाबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ नेपाल भित्र्याउन लागेकी एक महिला पक्राउv

१७ भदौ, काठमाडौं : रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको हो ।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *