रवि लामिछाने मुम्बईमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला सभापति लामिछाने भारत गएका हुन् ।

उनी बुधबार भारत गएको रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकै दिन र प्रधानमन्त्री दाहाल भारत भ्रमण मै रहेका बेला लामिछाने मुम्बई पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *