रविन तामाङको अन्त्येष्टि आइतबार गरिने

काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको पार्थिव शवलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको शवलाई बिहान १० बजेदेखि १ बजेसम्म राखिने भएको छ ।

रविनका दुई छोरी छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लाग्ने र सोहीअनुसार आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ । मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *