युएई ए विरूद्ध नेपालको शानदार जित

काठमाडौं । कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले युएई ए विरूद्ध जित हासिल गरेको छ । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो ।

नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए ।

श्रीलंकामा जारी खेलमा नेपालले २३ ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *