यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ।

बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६६ रूपैयाँ ४१ पैसा र बिक्री दर १६७ रूपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *