यश कुमारको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक

२४ साउन , काठमाडौँ : शब्द रचना , संगीत साथै स्वर यश कुमारकै रहेको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् ।

निकेश खड्काद्धरा निर्देशित म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा यश कुमार लगाए अनु , थापा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले अभिनय गरेका छन् ।

यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *