म्यानपावर कम्पनि र कामदार बिच नगद कारोवार गर्न नपाईने ऐनको मस्यौदा बन्यो

काठमाडौ २७ भदौ- म्यानपावर कम्पनि र वैदेशिक रोजगारीमा जाने कामदार बिच नगद कारोवार गर्न नपाईने ऐनको मस्यौदा बनेको छ । संशोधन हुन लागेको वैदेशिक रोजगार ऐनको मस्यौदाले अन्तिम रुप पाए संगै, मस्यौदालाई फाइनल गर्न बनेको कार्यदलले शनिबार काम सकेको छ ।

नयाँ प्रस्तावित ऐनमा म्यानपावरबाट हुने कारोबार पूर्ण रुपमा बैंकिङ माध्यमबाट हुनुपर्ने व्यवस्था उल्लेख छ । यो व्यवस्थापछि लिखित रसिद काटेर कामदारसँग रकम बुझ्ने अवस्था अन्त्य हुनेछ ।

प्रस्तावित ऐन जस्ताको त्यस्तै पारित भए म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा आउनेछ ।

ऐन संशोधनपछि म्यानपावर कम्पनीले कामदारसँग नेपाल सरकारले तोकेको शुल्क नगदमा उठाउन पाउने छैनन् । कामदारले म्यानपावरलाई बुझाउने रकम बैंकमार्फत म्यानपावरको खातामा जम्मा गरेर त्यसको भौचरको प्रति विभागमा पनि उपलब्ध गराउनुपर्ने हुन्छ ।

सरकारले मलेसियासहित ६ वटा खाडी मुलुकमा लागू गरेको फ्री भिसा र फ्री टिकटको व्यवस्था लागू गरेको छ । तर, व्यावसायीले कामदारलाई लाखौं उठाएर १० हजारको रसिद थमाइदिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *