मोबाइल बाटै राहदानी(पासपोर्ट) फाराम भरना सकिने

passportपौष १२ काठमाडौ, राहदानी विभागले अव मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ । आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ ।

आवेदन कर्ताले अनलाइनफार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । विवरण भरे लगत्तै एपबाटै भरिएको विवरणमा औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुन्छ । त्यसलाई सुरक्षित राखेर हस्ताक्षर, फोटो खिचाउन तोकिएको समयमा राहदानी विभाग पुग्नुपर्ने हुन्छ ।

यसअघि विभागले अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाएको थियो । अनलाइन फारम मोबाइलबाट भर्न अप्ठेरो भएपछि मोबाइल कर्ताहरुको सुविधाका लागि विभागले एप नै बनाएर सेवा वितरणमा सहजता ल्याउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *