मेसीले सिजनको अन्तिम खेलपछि पीएसजी क्लब छाड्ने

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का म्यानेजर क्रिस्टोफर गाल्टिएरले लियोनल मेसीले सिजनको अन्तिम खेलपछि क्लब छाड्ने पुष्टि गरेका छन् ।

लिग वानमा शनिबार क्लेमोन्टविरुद्ध हुने खेल पीएसजीको जर्सीमा मेसीको अन्तिम खेल हुने गाल्टिएरले बताएका हुन् ।

मेसी २०२१ जुलाईमा फ्रि ट्रान्सफरमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । ३५ वर्षीय मेसीले यस सिजनपछि क्लब छाड्ने चर्चा थियो ।

पिएसजीका म्यानेजर गाल्टिएरले विश्वकै उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिन पाउनु आफ्नो लागि खुशीको कुरा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *