मेलिना राईको पल्लो घरमा डेरा सर्ने रेवत राईको चाहना( भिडियो सहित)

चैत्र ५ काठमाडौ, गायक रेवत राईमेलिना राईको “तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना” बोलको गीत सार्वजनिक भएको छ । नवराज राईको शब्द रचनामा बशन्त सापकोटाले लयबद्ध गरेको उक्त गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् ।

गायक रेवत राई र मेलिना राईको संयुक्त गीति एल्बम “अलग उपहार” मा उक्त गीत रहने रेवत राईले सूचना खबरलाई बताएका छन् । उक्त एल्बममा जम्मा ८ वटा गीतहरु रहने छन् । यहीँ एल्बममा रहने अर्को एउटा गीत भने यो भन्दा अगाडि नै सार्वजनिक भईसकेको छ ।

“तिम्रो घरको पल्लो घरमा,डेरा सर्ने मेरो चाहना” बोल रहेको गीतको म्युजिक भिडियो पनि यु ट्युबमा सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा पुष्पलाल खड्का र नम्रता सापकोटाले अभिनय गरेका छन् । अर्जुन अधिकारीको निर्देशन रहेको छ भने,उत्सव दाहालको छायांकन र निशान घिमिरेको भिडियो सम्पादन रहेको छ ।

“अलग उपहार”गीति एल्बम भने अब चाडै बजारमा सार्वजनिक गर्ने गायक रेवत राईले बताएका छन् ।

“तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *