‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’ फाइनल भदौ २ मा हुने

२६ साउन , काठमाडौँ : ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो धनरासी १ करोड भएको दुई रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’ को फाइनल ललितपुरको गोदावारीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अगामी २ भदौमा हुने भएको छ ।

३० एपिसोड प्रसारण भएको ‘मेरो भ्वाईस यूनिर्भस’ टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई, दार्जलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाई गरी उत्कृष्ट ५ प्रतियोगी छन् भने ‘मेरो डान्स यूनिभर्स’ तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाइल्यान्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर, साजन गुरुङ र स्वस्तिक अर्याल गरी उत्कृष्ट ६ प्रतियोगी छन् ।

डान्स तर्फ मिथिला शर्मा, शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक र गेष्ट निर्णायकमा ऋचा शर्मा छन् भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङको छ त्यस्तैगरी मेरो भ्वाईस तर्फ दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा निर्णायक र रीमा विश्वकर्मा र सन्दीप क्षेत्री होस्टमा रहेका छन् ।

विश्वभर रहेका रहेका नेपालीहरुलाई सांस्कृतिक माध्यमबाट एक जुट बनाउने उद्देश्यका साथ यस सोको आयोजना गरीएको यी दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउनेछन् भने उप– विजेताले ३० लाख र तेस्रो हुनेले २० लाख पुरस्कार पाउनेछन् । भने सोका निर्देशकका रुपमा एलन श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *