मेयर शाह विश्व मेयर संगठनको सदस्यमा नियुक्त

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विश्वका प्रमुख महानगरका मेयरहरुको संगठनको सदस्यमा नियक्त भएका छन्।

उनी दुई वर्षे कार्यकाल सन् २०२४ देखि २०२६ सम्मका लागि नियक्त भएका हुन् । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

सन् १९८५ मा स्थापना भएको वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिजले महानगरीय हितहरूको वकालतलगायतका काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *