मेयर विद्यासुन्दर शाक्य, स्मार्ट सिटी भन्दै विदेश भ्रमणमा ब्यास्त

काठमाडौ, २ असोज- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्मार्ट सिटी अध्यनका लागि भन्दै विदेश भ्रमणमा ब्यास्त छन् ।महानगरपालिकाका प्रमुख कार्यकारीसहित ६ जना भर्खरै एक साता लामो कोरियाको भ्रमण सकेर आएका शाक्य फेरि स्मार्टसिटी अध्ययनका लागि भन्दै स्पेन गएका छन् । शाक्य चार दिन स्पेनमा रहने बताईएको छ ।

स्मार्ट सिटी,मोनोरेल र सिटी केवलकार निर्माण गर्ने निर्वाचनका बेलामा मतदाता सामू प्रतिवद्धता जनाएका मेयर शाक्य महँगो गाडि र मोबाईलको विवादमा यो भन्दा अगाडि नै परिसकेका छन् ।

काठमाडौ उपत्यकामा, महिनौ दिनसम्म पनि घर-घरमा फोहोर उठ्न नसकिरहेको अहिलेको यो अवस्थामा मेयर शाक्य भने स्मार्ट सिटी बनाउछु भन्दै बिदेश सयरमा मस्त छन् । तर महानगरले भने कोरिया भ्रमणको बेला,कोरियामा स्मार्ट सिटीबारे बुझ्न र नजिकबाट हेर्ने अवसर पाएको बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *