मेयर बलेनले आफ्नो धम्कीको दिए स्पष्टीकरण

१८ भदौ, काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र (बलेन) शाहले सामाजिक सञ्जालमार्फत खतरनाक धम्की दिएपछि स्पष्टीकरण दिएका छन् ।

राति ट्राफिक प्रहरीले सोधपुछका लागि गाडी रोकेपछि बलेनले सिंहदरबार जलाउने धम्की दिएका थिए । मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै मेयरकी पत्नी सबिना काफ्लेले शनिबार साँझ सुत्केरी भएको स्पष्ट पारेका हुन् । उनलाई गर्भावस्थाका कारण समस्या भएको र उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ । तर बालेनकी श्रीमतीलाई सुत्केरीको पीडाले अस्पताल लगिएको थिएन । उनले एक साताअघि नै बच्चा जन्माएकी थिइन् र दुई दिनअघि डिस्चार्ज भइन् । नवजात शिशुको अस्पतालमा उपचार गराइरहेकाले शनिबार अस्पतालबाट राति घर फर्किएकी सविना थिइन् ।

बालेनको सचिवालयले स्पष्ट पारेको छ- “मेयरको पहिचान खुलाएपछि प्रहरीको व्यवहार झनै आक्रामक भयो। प्रहरीले मानवीय संवेदनशिलतालाई ख्याल नगरी कार साइडमा सार्यो र करिब ७ मिनेट सोधपुछ गर्यो।” सचिवालयले प्रेस विज्ञप्तिमार्फत प्रहरीलाई ढोका खोल्न आदेश दिएको र अप्रासंगिक प्रश्न गरेको उल्लेख गरेको छ । “प्रक्रिया नलिई प्रहरीले ढोका खोल्न आदेश दियो र ‘तिमी को हौ? कहाँ जाँदैछौ?’ जस्ता प्रश्नहरू सोध्यो। र पछाडिको सिटमा बसेकी गर्भवती सबिना काफ्लेलाई अनावश्यक रूपमा दु:ख दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *