मृत्यु भएको २ महिना पछाडी मलेसियामा नेपालीको लाश भेटियो

माघ ९ मलेशिया, मलेसियामा एक नेपालीको मृत्यु भएको झण्डै दुई महिनापछि शव भेटिएको छ । पेटालिङ जया शहरको कोता दमनसारास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा झुण्डिरहेको अवस्थामा डम्बरबहादुर थापाको शव भेटिएको हो ।

स्थानीय प्रहरीका अनुसार थापाको मृत्यु झण्डै दुई महिना अघि नै भएको थियो । तर, कसैलाई थाहा भएन । शनिबार दिउँसो सफाइका क्रममा एक व्यक्तिले लुगा लगाएको कंकाल भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको अनुसन्धानले उक्त कंकाल थापाको रहेको पत्ता लगेको छ । र, उनको भिसा सन् २०१५ डिसेम्बरमा नै सकिएको थियो । उनी त्यही सुपरमार्केटमा क्लिनर थिए । थापाको नेपालको ठेगाना भने खुलाईएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *