मुस्ताङमा बाढी आउँदा १५ घर , प्रहरी चाैकी सहित पक्की पुल बगायाे

२९ साउन , काठमाडौं : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार राति करिब आठ बजे आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याई १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ भने मानवीय क्षति भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार १५-१६ घर सहित कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेकाे छ भने पक्की पुल भत्किदा कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको छ । चाैकी बगाउँदा प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् भने प्रहरीहरु अहिले गाउँपालिकाको भवनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *