मुम्बई इन्डियन्सलाई हराउदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिगको फाइनलमा

काठमाडौं ।साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।

यस जितका नायक शुभमन गिल (६० बलमा १२९ रन) र मोहित शर्मा (१० रनमा ५ विकेट) थिए । गिलले सिजनको तेस्रो शतक प्रहार गरे ।

शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको थियो । जवाफमा मुम्बई १८.२ ओभरमा १७१ रनमा अलआउट भयो।

गुजरातको टोलीले अब मे २८ मा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *