मुन्धुमी नक्छौं विषयक अवधारणा प्रस्तुत र छलफल कार्यक्रम सम्पन्न

माघ १ काठमाडौ,किरात राई सांस्कृतिक कलाकार संघले येले संवत ५०७७ को अवसरमा मुन्धुमी नक्छौं विषयक अवधारणा प्रस्तुत र छलफल कार्यक्रम सम्पन्न गरेको छ । सुम्निमा कल्चर एकेडेमीको हलमा सम्पन्न उक्त कार्यक्रममा प्रवीण पुमा राईले नक्छौं सम्बन्धि अवधारणा प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत अवधारणामा भनिएको छ, नछुङ् मुन्दुमी व्याक्ति हो । नछुङ्मा दैवी शक्ति हुन्छ । नछुङ्को आफ्नै भाषा धर्म,संस्कार, संस्कृति, बोलीचाली,आस्था,विश्वास,मान्यता,र जीवन दर्शन हुन्छ । नछुङ् किराती धर्मको माङ्ग सेवक हो । नछुङ्को उत्पति सृष्टिकालमै भएको हो अर्थात, पारुहाङ्ग र सुम्निमाको जुनबेला उत्पति भयो त्यतिबेलै नछुङ्गको उत्पति भएको हो । सुम्निमा बिरामी हुदा पारुहाङ्ग आफैले नछुङ्ग बनेका थिए ।

प्रस्तुत अवधारणा अनुसार, नछुङ् उत्पति हुदा गर्भमै कम्पन हुन्छ । त्यो कम्पनलाई गर्भवती आमाले मात्रै थाहा पाउछिन् । त्यो कुरो घरको मुख्य ब्याक्तिलाई मात्रै थाहा दिने गरिन्छ । यदि अरुले थाहा पाए, ईसामाले थाहा पाउने र ईसामाले थाहा पाए,नछुङ्लाई दुख दिने र बाटो रोकी दिने सम्म गर्ने बाताईन्छ । बालक जन्मेपछि बालकमा कम्पन बढ्न थाल्छ । त्यसपछि,अग्रज नछोङ्गले नछुङ्कारिताको बाटो खुलाउछ । बाटो खुलाएपछि, नछुङ् निकालिन्छ । नछुङ्को पुर्खा माङ्ग हो । त्यसैले प्रत्यक मुन्दुम प्रदर्शनमा माङ्ग संग शक्ति बल माग्ने गरिन्छ ।

नछुङ्लाई सामान्यतया सुन्तुमी र वखामि गरेर दुई भागमा बर्गिकरण गरिन्छ । सुन्तुमी भनेको वंशानुगत र वखामि भनेको भुईफुट्टा भनेर बुझिन्छ । नछुङ्हरुलाई कार्यगत आधारमा ६ प्रकारमा बर्गिकरण गरिने पनि प्रस्तुत अवधारणमा जनाईएको छ ।

कार्यक्रमा स्वागत मन्तव्य दिदै, सुम्निमा कल्चरका जनक राईले भन्नु भयो, ” धामी पनि एक प्रकारको शक्ति हो । कतिपय ठाउँमा आजको मेडिकल साइन्सले गर्न नसकेको उपचारहरू पनि धामीले गर्ने गरेको एउटा मनोवैज्ञानिक जनधारणा र विश्वास छ ।”

किरात राई कलाकार संघका अध्यक्ष पार्वती राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि टिकासरि राई रहनु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा, मणि कुमार राई,प्राज्ञ शान्तिराम राई, शंकर साम्पाङ्ग,किरात राई कलाकार संघका पुर्व अध्यक्ष आभा मुकारुङ्ग,सुमन राई,महेन्द्र राई,विष्णु शिंह राई,जयकुमार राई,नेत्र राई, डा.तारामणि राई, भोगीराज चाम्लिङ्ग, नारदमणि राई, गरुडमान राई,डिल्लिशेर राई,वयानशिंह राई,गीतकार संघका केन्द्रिय सदस्य चन्द्र चाम्लिङ्ग,लगायत अन्य अतिथिहरु रहनु भएको थियो ।

कार्यक्रममा भोगीराज चाम्लिङ्ग र विष्णु शिंह राईले प्रस्तुत अवधारणा माथि बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *