मुटु रोगी शोभाले पाइन नयाँ जिवन

चिसाङ शेर्पा असार-२४ खोटाङ्ग
रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ हाँबुका शोभा राईको एकवटा नयाँ मुटुको भल्ब ट्रान्सर्फर गरेपछि नयाँ जिवन सुरु भएको छ । दुईवटा भल्ब अपरेशनको माध्यमवाट सफा गरिएको छ । आजिवन ग्यारेन्टीवाला मुटुको भल्ब परिवर्तन गरे लगत्तै बिरामी शोभाको नयाँ जिबन सुरु भएको हो ।

सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बाँसबारी काठमाडौंले मुटुको एउटा भल्ब ड्यामेज भई बेकामे भएका, दुईवटा भल्वले पनि काम गर्न छोडेको पुष्टि गरे लगत्तै शोभा ‘आफुले वाँकी जिवनलाई अगाडी बढाउन सक्ने÷नसक्ने भनेर दुबिधामा थिए’ तर, नेपाल सरकारद्धारा मुटु रोगी आवाश्यक कागजपत्रको माध्यमवाट प्रमाणित भए निःशुल्क अपरेशन गर्ने नितीले उनलाइ थप राहत मिल्यो ।

सरकारले अपरेशन मात्र गरिदिने मुटुको भल्ब, औषधी लगायतका विभिन्न आवाश्यक सामग्री आफंैले जोह गर्नुपर्ने भएपछि उनलाई फेरी आफ्नो जिबन बचाउँका लागि आर्थिक जोह गर्न शास्ती भयोे । निःशुल्क अपरेशन भएपनि सबै काम सक्नलाई अन्दाजी ३ देखी ४ लाखसम्म लाग्ने भएपछि शोभाका परिवारले आर्थिक स्थिती कमजोर भएको र जीवन बचाउँका लागि सहयोगको अपिल गरेका थिए ।

तीन वर्षिय एक छोराका आमा शोभाका लागि नयाँ जीवनका निमित्त ९ भन्दा वढी मुलुकमा ‘शोभा राई बचाआंै’ अभियान सञ्चालनमा आएकोे थियो । अभियानले ९ लाख ६९ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको थियो । उक्त संकलित रकमले नै मुटुको नयाँ भल्व राखेपछि उनले अरुले जस्तै नयाँ जिबन बिताउन भएका हुन् ।

करीव तीन वर्षयता मासिक १५ हजारका दरले औषधी सेवनका भरमा जीवन धानिरहेका विरामी शोभाका लागि आफन्त तथा शुभचिन्तकहरुले झण्डै तीन महिनामा दश लाखको हाराहारीमा उक्त रकम संकलन गरेका हुन् । धर्मराज राईको नेतृत्वमा हङकङवाट २ लाख १६ हजार, दोर्पा दारुला ९ रामकुमार राईद्धारा जापानवाट ब्यतिmगत ५१ हजार ५ सय ४८, दिलकुमार राई कतार १९ हजार, दोर्पा ९ सिमलडाडाँ राजनशेर राई कतार ११ हजार ७ सय १०, दोर्पा ७ निवासी राजकुमार राई मलेशिया १० हजार, मलेशियावाट राजकुमार मगरको सकृयतामा ४६ हजार ९ सय ३३ रुपैयाँ सहयोग प्राप्त भएको थियोे ।

रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाका तारा नाछिरिङ राई, रविन राई, मन्दत राईका पहलमा साउदी अरववाट १ लाख, कुमार राईको नेतृत्वमा २९ हजार, नुनथला २ धौलाङ्गका गोपाल राईको पहलमा युकेदेखी १ लाख ४० हजार ६ सय ५२, सिंगापुरवाट नुनथला ४ पुईलुङका धर्मेन्द्र राईका सकृयतामा ९७ हजार २० रुपैयाँ आर्थिक सहयोग मिलेको थियो ।

यस्तै, नारायण देउजा, राम सुन्दर राई र सन्जिव थापाको सकृयतामा कोरियादेखी १ लाख ६ हजार ६ सय ६४, कुवेतवाट तेजेन्द्र राई र भीम राईको पहलमा ८२ हजार ९ सय २९ गरी झण्डै दश लाख शोभाका लागि आर्थिक सहयोग संकलन भएको थियो ।

दोर्पा चिउरीडाडाँ ९ घर भई नुनथला ३ हाँबुमा विवाहगरी हाल झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाका लागि मासिक १५ हजारको हाराहारीमा औषधी खरीद गर्नुपर्ने र पारिवारीक स्थितीले धान्न नसक्ने स्थिती भएपछि उनका श्रीमान ६ महिना यता रोजगारीका शिलसिलामा साउदी अरबमा रहेका छन् ।

आफ्नो जीवन संगिनीसहित एक नाबालक छोराको समेत संकलित रकमले भविष्य सुनिश्चित गर्न टेवा पुग्ने बताउँदै सहयोगीदाताहरु भगावनको रुप भएको शोभाका श्रीमान दिप्रन्द्र राईले साउदीवाट सुनाए । ‘आफ्नो विरामी श्रीमतीलाई औषधीसम्म किन्न पैसा नहुँदा प्रवासवाट कल्पना गरेभन्दा ठूलो सहयोग पाउँदा हर्षविभोर भएको छु, यो तपाईहरुकै देन हो’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *