मुग्लिन नारायणगढ सडकखण्डको दुईतर्फी सडक अवरुद्ध

१४ साउन, काठमाडौं : जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका ६ कालिखोलामा बिहान ९ बजे लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन नारायणगढ सडकखण्डको दुईतर्फी नै सडक अवरुद्ध भएको छ ।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *