मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

३ महिनापछि अवकाश पाउन लागेका मुख्यसचिव शंकरदास बैरागीलाई​ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको जनाइएको छ। आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *