मुख्यमन्त्री केसीले भने – प्रदेशका सबै नागरिक खाेपकाे दायरामा आउँछन्

१७ भदौ, कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गरेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा पुगेका उनले सरकारको पहिलो बैठकले खोपको निर्णय गरेकाे र नागरिकप्रति उत्तरदायी रहेकाे बताए । 

वास्तविक कृषकलाई समेट्नेगरी अनुदानका प्याकेज निर्माण हुने उनले बताए । 

मन्त्री सहसराम यादवले कपिलवस्तु जिल्लामा विकासले फड्को मार्ने बताए । जिल्लामा कतिपय योजना अलपत्र रहेकोले ती योजनालाई यसै वर्ष पूरा गर्ने लक्ष्यसहित योजना अघि बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *