मुख्यमन्त्री कार्कीले लिए शनिबार विश्वासको मत

१८ असोज, काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार विश्वासको मत लिने भएका छन् ।

अदालतको आदेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई विश्वासको मत लिनका लागि प्रदेशसभाको चौथो महाधिवेशन आजबाट सुरु भएको छ । मुख्यमन्त्री कार्कीले असोज ७ गते शनिबार विश्वासको मत लिने तयारी गरेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतकले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त नगरेमा स्वतः मुख्यमन्त्री पदबाट बर्खास्त भई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *