मुखले कलम समातेर एसईई परिक्षा दिदै अपाङ्ग

चैत्र ४ रत्ननगर, रत्ननगर १६ खैरेटीका २० वर्षीय भरत गुरूङले मुखले कलम समातेर एसईई परिक्षा दिएका छन् । उनको हात खुट्टा चल्दैन, गुरुङ जन्मदै अपाङ्ग भएर जन्मिएका थिए । रत्ननगर १४ पिठुवामा रहेको जनजागृती माविको परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा एसईईको परिक्षा दिइरहेका गुरुंगले रत्ननगर १६ मा रहेको भद्रकाली माविबाट उनले द्वितीय श्रेणीमा टेष्ट परीक्षा उत्तीर्ण गरेका थिए ।

मामाको छोरा दाइ र गाउँकै एक जनाले उनलाई मोटरसाइकलमा राखेर परीक्षा केन्द्रसम्म ल्याएका थिए । पहिलो दिनको अंग्रेजी विषयको परीक्षा उनले मुखले लेखेरै दिए । मुखले लेखे पनि उनको अक्षर अन्य विद्यार्थीको भन्दा राम्रो रहेको छ ।

अपाङ्ग भएर मुखले लेख्ने विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी पाएपछि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले उनलाई १५ मिनेट समय थप गरिदिन केन्द्रध्यक्षसमेत रहेका प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिएका थिए । सोही अनुसार नै उनले परीक्षा दिए ।

एक कक्षादेखि नै मुखले लेख्दै आएका हुन् गुरुङ्गले जिब्रोले कपी र किताबको पाना पल्टाउँछन् । गुरूङ भद्रकाली माविमा कक्षा २ बाट पढ्न सुरू गरेका हुन् । अहिले सम्म उनी अनुत्तीर्ण नभएको बताईएको छ । परीक्षामा सहयोगी दिन्छौ भन्दा सहयोगी अस्वीकार गरेर गुरुङ आफैले परिक्षामा लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *