मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’ को ट्रेलर सार्वजनिक

३० साउन , काठमाडौं : आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको सविन अधिकारीद्धरा निर्देशित साथै लेखन रहेको फिल्म ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्ममा मुकुन र मेनुकासहित सूर्यमाला खनाल, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, सुशील पोखरेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना, टीकाभक्त जिरेल लगायतले अभिनय देख्न सकिन्छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्मको छायांकन तनहुँको बन्दीपुर गाउँपालिकास्थित थारुवासमा भएको हो । यस फिल्मको निर्माता लक्ष्मण रिजाल हुन् भने फिल्मलाई हरि घले लामाले खिचेका छन् र फिल्मको कार्यकारी निर्मातामा विज्ञान केसी र अर्विन्द्र गिरी छन् भने सहनिर्मातामा बनिश शाह छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *