मिस वर्ल्ड २०२३ भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते हुने

२८ भदौ, काठमाडौँ : विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ ।

द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार २७ वर्षपछि भारतको राजधानी नयाँ दिल्लीमा मिस वर्ल्ड प्रतियोगिता हुने भएको छ ।

७१ औं संस्करणमा मिस नेपाल वर्ल्ड – २०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । अहिले उनी यसका लागि तयारीमा जुटेकी छन् । नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया लगायतका फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी गरिरहेको छ ।

विश्वका २० ठूला धनी देशहरुको सम्मेलन जी-२० को सफलतापूर्वक आयोजना भएको भारतमा विश्व सौन्दर्य प्रतियोगिताकै सर्वोच्च प्रतिस्पर्धा आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *