मिस राई –२०१८ को लागि नाइसली राई भोटिङ राउण्डमा

काटमाडौं, २८ पुस २०७४ – किराँतीहरूको नयाँ वर्ष यलेतोङ्बे ५०७८ को अवसरमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस राई –२०१८ को लागि नाइसली राई भोटिङ राउण्डमा आइपुगेकी छन् ।

महोत्तरी निवासी नाइसली हाल कलंकीमा बस्छिन् । गंगा सेकेण्डरी इङ्लिस स्कुलबाट एसएलसी गरेकी उनी ज्ञानकुन्ज कलेजबाट व्यवस्थापन संकायमा प्लस टु गरिरहेकी छन् । नाइसलीले रेहेना मिरिङचिङ मगरको स्वरमा रहेको यो रुपै हेर्दा…. बोलको गीतमा अभिनय पनि गरेकी छिन् ।

किराँत राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गर्न लागेको मिस राईको यो चौथो संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *