‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो संकसणको अडिशन सम्पन्न

२४ साउन , काठमाडौं : स्पार्कल इन्टरटेनमेन्ट, राइज एण्ड साइन तथा स्टेला प्रोफेशनलको संयुक्त आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो संकसणको अडिशन श्रावण २० गते नयाँ बानेस्वर स्थित रोयल एलिनाजमा सम्पन्न गरेको छ । प्रतियोगितामा मिसमा २० त्यस्तैयरी मिसेसमा २५ जना प्रतियोगिहरु भिड्दैछन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको हो। भने विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले यस अडिसन सम्पनन भएको थियो । त्यस्तैगरी प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा छन् । कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर उनीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको छ ।

कार्यक्रमको कोरियोग्राफर निर्णयक मण्डलमा रोजिन शाक्य, आयोजक निर्णयक रश्मी शाक्य , ममता रुम्बा र मोडल रेखा राई थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *