‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको ट्यालेन्ट राउन्ड भोली कमलपोखरीमा अवस्थित होटल हुकुम दरबारमा हुने

२९ भदौ, काठमाडौँ : स्पार्कल इन्टरटेनमेन्ट, राइज एण्ड साइन तथा न्यु लुकको संयुक्त आयोजनामा रहेको ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन गत श्रावण २० गते नयाँ बानेश्वरस्थित रोयल एलिनाजमा सम्पन्न भएको थियो । भने अडिसन सकिए लगत्तै यहि भाद्र ३० गते शनिबार कमलपोखरीमा अवस्थित होटल हुकुम दरबारमा ट्यालेन्ट राउन्ड हुने भएको छ । मिस एण्ड मिसेस गरि २०–२० जनाको सहभागिता रहेको यस प्रतियोगितामा पाँचजना निर्णायक रहनेछन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको स्पार्कल इन्टरटेनमेन्टका सिइओ नितु श्रेष्ठले बताईन् । अन्तिम अडिसनपछि यस प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले जमलस्थित राष्ट्रिय कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर प्रतियोगीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको नाचघरमा प्रशिक्षण पनि भैरहेको सिइओ श्रेष्ठले बताईन् ।

मिस एण्ड मिसेस युनिभर्सल सिजन २ को ब्राण्ड एम्बेसडरको रुपमा पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहने यस प्रतियोगीतामा विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले तयार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *