“मिस ईकलेज २०१८” आठौं संस्करणको पहिलो छनौट सम्पन्न

काठमाडौं, २९ पुस- “मिस ईकलेज २०१८” आठौं संस्करणको पहिलो छनौट कमलादीस्थित सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् , मिसेस व्यूटी क्वीन जस्ता कार्यक्रम सिजन मिडिया प्रा.लि.ले गत ९ वर्ष देखि आयोजना गर्दै आईरहेको छ । काठमाडौं ललितपुर र भक्तपुरमा रहेका विभिन्न कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु¥याउने र समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको आयोजकले बताएको छ ।

विगत ९ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो आठौ चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुवाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताएका छन् । हाल पहिलो अडिसनवाट १५ जना प्रतियोगीहरु समावेश गरिने र दोस्रो अडिसन वाट १५ जना छनौट गरी जम्मा ३० जना प्रतियोगीहरु सहभागी गराइने छ भने आगामी माघ १५ वाट प्रशिक्षण दिइने छ ।

पहिलो चरणको छनौट अफिसियल कोरीयोग्राफर रोजिन शाक्य र मिस ई–कलेज २०१५ की विजेता नितिका कर्मचार्य पहिलो अडिसनको निर्णायक मण्डलमा सहभागी रहेका थिए ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई माघ १५ गतेवाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,नारकोनन नेपाल, वाल आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विधामा भने कोरियोग्राफर रोजीन शाक्यले ग्रुमिंग गर्ने बताईएको छ ।

फाल्गुनको पहिलोे साता उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “मिस ई कलेज २०१८” को ताज उपाधि सहित स्कुटर , थाइल्याण्ड टुर र उच्च शिक्षामा छात्रावृत्ति , नेपाल एयर होस्टेज एकेडेमीको तर्फवाट एयर होस्टेसको तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन् ।

फस्ट रनरअप र सेकेन्ड रनरअपले मोवाइल फोन साथै थाइल्याण्ड टुर ,छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *