मिरा राईले अर्को दौड जितिन्

काठमाडौ १ असोज – अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड महिला तर्फ बाट जितेकी छन् । निर्धारित १२५ किलोमिटर दुरी १४ घन्टा २४ मिनेटमा पुरा गर्दै उनी महिला तर्फ पहिलो भएकी हुन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।
विश्वको चर्चित धाबक धाविकाहरुले सहभागी जनाउने यो प्रतियोगिता विश्वको उत्कृस्ट अल्ट्रा रेसमा पर्दछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *