मिटरब्याज पीडितलाई न्याय दिने अभियान रोकिँदैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणाकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपनि मिटरब्याज पीडितहरूलाई न्याय दिने अभियान नरोकिने बताएका छन्।

भरतपुरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितका लागि गठन गरेको आयोग र हरेक प्रमुख जिल्ला अधिकारीको कार्यलयमा गठन गरिएको सहजीकरण समितिको काम जारी रहने बताए।

‘सामन्ती, उत्पीडक र शोषकको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ,’ उनले भने, ‘यो अभियानलाई असफल पार्छु भनेर कसैले नसोचे हुन्छ। यसपटक यो अभियान सफल हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *